प्रदेश १ मा आज थप एक संक्रमितको मृत्यु

प्रदेश १ मा आज थप एक संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै प्रदेश १ मा ज्यान जाने संक्रमितको संख्या सात पुगेको छ। सबै मोरङकै हुन्। 

बिपी प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बुधबार बिहान ३ बजे ज्यान जाने बुढीगंगा गाउँपालिका–२ मोरङका ५५ वर्षे पुरुष हुन्।

कोरोनाका कारण सिकिस्त भएका उनलाई मंगलवार अस्पताल भर्ना गरिएको थियो। 

उनको उपचारकै क्रममा निधन गएको चिकित्सकले जानकारी दिएका छन्। मृतकको शव व्यवस्थापनको काम भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए। 

यसअघि मृत्यु हुुने ६ जना पनि मोरङकै हुन्। पछिल्लो दिनमा मोरङमा संक्रमि बढिरहेको छ। लक्षणसहितका बिरामी देखिन थालेपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ।

यसअघि विराटनगरका ४, रंगेली र सुनवर्षीका १–१ पुरुषले ज्यान गुुमाइसकेका छन्।
 


Leave a Reply

Your email address will not be published.