सेभियाकाे सेमिफाइनल भेट म्यानचेस्टर युनाइटेडसँग

सेभियाकाे सेमिफाइनल भेट म्यानचेस्टर युनाइटेडसँग

युरोपा लिग फुटबलमा सेभियाले मंगलबार उल्भरह्याप्टन वन्डर्सलाई १-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको छ। 

सेमिफाइनलमा सेभियाको प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड हुने भएको छ । सेभियाको जितमा लुकासले गोल गरेका थिए। सेभिया युरोपा कपको पाँचपल्टको च्याम्पियन हो। 

अर्को खेलमा साख्तर डोनेस्कले एफसी बसेललाई ४-१ हराएर सेमिफाइनल तय गर्यो।  साख्तरको सेमिफाइनल भेट इटालियन क्लब इन्टर मिलानसँग हुनेछ।

अगस्ट १७ मा सेभिया र म्यानचेस्टर युनाइटेड र १८ मा साख्तर र इन्टरबीच सेमिफाइनल प्रतिस्पर्धा हुनेछ। फाइनल अगस्ट २२ मा हुनेछ। 


Leave a Reply

Your email address will not be published.