दुई सहायक वन अधिकृतसहित ६ जना अख्तियारको फन्दामा

दुई सहायक वन अधिकृतसहित ६ जना अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सहायक वन अधिकृत वनका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ। 

अख्तियारले घुस लिएको आरोपमा उदयपुरको मैनामैनीमा रहेको सव डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादव र  सव डिभिजन वन कार्यालय लालबजार रामपुरका प्रमुख (सहायक वन अधिकृत) विनोदकुमार साहलाई पक्राउ गरेको हो। 

त्यस्तै पक्राउ पर्नेमा फोरेष्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी तथा वन रक्षकद्वय शैलेन्द्र झा र मनोजकुमार राउत छन्।

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो।

मंगलबार पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.