पत्रकार बलराम बानियाँ मृत फेला 

पत्रकार बलराम बानियाँ मृत फेला 

केही दिनदेखि सम्पर्कविहीन रहेका कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँको शव मकवानपुरमा भेटिएको छ। 

कान्तिपुर दैनिकका अनुसार उनी दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन थिए। 

उनको शव मंगलबार साँझतिर मकवानपुरको सिस्नेरी नजिकै माण्डो जलविद्युत परियोजनाको जलाशयमा फेला परेको हो। 

कान्तिपुर दैनिकमा सहायक सम्पादकका रूपमा बाँनिया दशकदेखि कार्यरत थिए। उनले केही समय नागरिक दैनिकमा पनि काम गरेका थिए।
 


Leave a Reply

Your email address will not be published.