लिबाङमा ग्लोबल बैंक र मालपोत कार्यालय बन्द

लिबाङमा ग्लोबल बैंक र मालपोत कार्यालय बन्द

रोल्पाको लिबाङमा रहेको ग्लोबल आइएमई बैंक र मालपोत कार्यालय बन्द गरिएको छ।

नेपालगञ्जमा कार्यरत ग्लोबल आइएमई बैंकका २२ जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो। उक्त बैंकबाट भर्खरै सरुवा भएर रोल्पा आएका २ जना कर्मचारीको पिसिआर नभएकाले सुरक्षाका लागि भन्दै बैंक बन्द गरिएको हो।

यस्तै ग्लोबल आइएमई बैंकको एउटा काउन्टर मालपोत कार्यालयमा पनि रहेकाले मालपोत कार्यालय पनि बन्द गरिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए।

बैंक र मालपोत कार्यालय बन्द गरी सबै कर्मचारीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। नेपालगञ्जबाट सरुवा भएर रोल्पा आएका बैंकका कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्म ति दुबै कार्यालय बन्द हुने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।


Leave a Reply

Your email address will not be published.