देशभर ४८४ जनामा कोरोना पुष्टि, कूल संक्रमित संख्या २४ हजार नाघ्यो

देशभर ४८४ जनामा कोरोना पुष्टि, कूल संक्रमित संख्या २४ हजार नाघ्यो

बुधबार देशभर ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना पुगेको बताए।

आज ७ हजार ६ सय १३ जना आइसोलेसनमा रहेका छन्। बुधबार थप ६४ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन्। यीसहित १६ हजार ७ सय २८ जना संक्रमण मुक्त भएका छन्। जुन कूल संक्रमित मध्ये ६८.४ प्रतिशत निको भएका छन्।

मन्त्रालयका अनुसार आज क्वारेन्टाइनमा १४ हजार ८ सय ८६ जना रहेका छन्। कोरोना संक्रमणको कारणले हालसम्म ८७ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.