मृत्यु भएको भोलिपल्ट कोरोना पुष्टि

मृत्यु भएको भोलिपल्ट कोरोना पुष्टि

जनकपुरको जानकी हेल्थ केयर अस्पतालमा गत सोमबार मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। महोत्तरीको मटिहानी–६ बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको दोस्रो दिन कोरोना पुष्टि भएको हो।

फोक्सो र मधुमेहका बिरामी उनलाई ज्वरो आएपछि आइतबार बिहान अस्पतालमा भर्ना भएको उनको सोही दिन राति मृत्यु भएको थियो। उपचारकै क्रममा उनको स्वाब संकलन गरेको थियो। सोमबार बिहान गाउँमा अन्तिम संस्कार भएको भोलिपल्ट मंगलबार उनी कोरोना संक्रमित रहेको रिपोर्ट आएको थियो।

मृत्युपछि अन्तिम संस्कार गरिसकिएको अवस्थामा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन सुरु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादु कटुवालले जानकारी दिए। 

मृतकका परिवारका सदस्य, मलामी गएका ५२ जना, उनीसँगै एम्बुलेन्समा गएकाहरूको स्वाब संकलन गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published.