पाँच जिल्लाका सिडिओ हेरफेर, कार्की गृह तानिए
गृह मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णयबाट पर्साका सिडिओ विष्णुकुमार कार्की गृहमन्त्रालयमा तानिएका छन्। उनको ठाउँमा धादिङका सिडिओ अस्मान तामाङ गएका छन्।
अछामका सिडिओ पुण्यविक्रम पौडलले धादिङको नेतृत्व सम्हालेका छन्।
कञ्चनपुरका सहायक सिडिओ गोकर्णप्रसाद उपाध्याय अछामको सिडिओ बनेका छन्। गृहले रौतहटको सिडिओमा ईन्द्रदेव यादवलाई पठाएको छ।