विद्युतका कर्मचारीको कोरोनाबाट मृत्यु
विराटनगरस्थित विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणका कारण ज्यान गएको छ। साउन २४ गते कोरोना पुष्टि भएका विराटनगर- ३ का ५७ वर्षीय पुरुषको आज अपरान्ह ५ बजे कोशी कोभिड उपचार केन्द्रमा ज्यान गएको अस्पतालका चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए।
सिग्देलकाअनुसार संक्रमितमा श्वासप्रश्वास सम्बन्धि समस्या थियो। उनी लामो समयदेखि सुगर रोगको औषधी सेवन गरिरहेका थिए।
आजै मोरङको बुढिगँगा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको समेत धरानमा ज्यान गएको थियो। उनको बुधबार विहान ३ बजे निधन भएको अस्पताल प्रशासनल जानकारी दिएको छ।
योसँग प्रदेश एकमा ज्यान गुमाउने संक्रमितको संख्या ८ पुगेको छ। मृत्यु हुने सबै मोरङका रहेका छन्।
४८ संक्रमित थपिदा ४ जनाको मात्रै डिस्चार्ज
आज प्रदेश १ मा ४६ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। थपिनेमा मोरङका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जना छन्।
त्यस्तै आजैमात्र धरानस्थित विपी प्रतिष्ठानबाट ४ संक्रमित कोरोनामुक्त भएर घरफर्केका छन्। ति सबै सुनसरीका रहेको विपी प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या१ हजार ६सय ११ पुगेको छ। ति मध्ये निको हुनेको संख्या १ हजार १८ रहेको छ।