धरानमा सात दिन लकडाउन लम्बियो

धरानमा सात दिन लकडाउन लम्बियो

कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै धरान उपमहानगरपालिकाले थप सात दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ। 

आज बसेको कार्यपालिका बैठकले लकडाउनको असर अझै कम भएको निष्कर्षसहित यस्तो निर्णय गरिएको उपमेयर मञ्जु भण्डारीले जानकारी दिएकी छन्। 

धरानमा साउन २२ गते ७ दिनका लागि लकडाउन गरिएको थियो। आज राति १२ बजेपछि लकडाउन सम्पन्न हुँदै गर्दा भोलिदेखि पुनः लकडाउन थपिएको हो। 

आज बसेको कार्यपालिका बैठकले धरान उपमहानगरपालिका बाहिरबाट आएको फलफूल र तरकारीलाई पूर्ण रोक लगाउने निर्णय गरेको छ।

धरानभित्रका किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउन भने प्रशासन र जनप्रतिनिधिले सहयोग गर्ने निर्णय भएको छ। 

धरानमा बजारछेउका गाउँ विष्णुपादुका, बसन्तटार र पानबारीबाट दूध, तरकारी र फलफूल धरान भित्रिने गर्दछ। 

 


Leave a Reply

Your email address will not be published.