सेनाका ४ सहित बाँकेमा बुधबार १० जनामा कोरोना पुष्टि

सेनाका ४ सहित बाँकेमा बुधबार १० जनामा कोरोना पुष्टि

नेपाली सेनाका ४ सहित बाँकेमा बुधबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

भेरी अस्पताल नेपालगन्जमा बुधबार बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नेपालगन्ज–२ का ४१ वर्षीया महिला, ४८ र ५४ वर्षे दुई पुरुष, खजुरा–४ का २७ वर्षे पुरुष, खजुरा–६ का ३२ वर्षे पुरुष, नेपालगन्ज–१८ का ३५ वर्षीया महिला, कोहलपुर कौशिल्यानगरका ३६, ३७, ३६ र ३५ वर्षे चार पुरुषमा संक्रमण पुष्टि भएको हो। 

कौशिल्यानगरका चार पुरुष नेपाली सेनाको भएको श्रेष्ठले जनाए। उनीहरू पश्चिम पृतना शिक्षालय कौशिल्यानगर कोहलपुरमा कार्यरत जवान हुन्।

बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ सय ६७ जना पुगेको छ। त्यसमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ४ सय ५ जना

कोरोनामुक्त भएका छन्। विभिन्न आइसोलेसनमा २ सय ५९ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
 


Leave a Reply

Your email address will not be published.