जोखिम क्षेत्रका कामदार र फ्रन्टलाइनर सबैलाई आफ्नै खर्चमा पिसिआर गराउन सरकारकाे निर्देशन

जोखिम क्षेत्रका कामदार र फ्रन्टलाइनर सबैलाई आफ्नै खर्चमा पिसिआर गराउन सरकारकाे निर्देशन

सरकारले ठूला सपिङ मल, रेष्टुरेन्ट र होटलका कामदारको पनि आफ्नै खर्चमा अनिवार्य कोरोना भाइरसको परीक्षण गराउन निर्देशन दिएको छ। 

अस्पतालहरूमा काम गर्ने चिकित्सक, नर्सलगायतका फ्रन्टलाइनरको पनि पिसिआर परीक्षण गरेर मात्रै काममा खटाउन सरकारले निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत् संक्रमण बढ्दै गएको अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग–व्यवसायमा संलग्न हुनेमा जोखिम भएको भन्दै यस्तो आग्रह गरेको हो। 

मन्त्रालयले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी र व्यवसायीले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने गराउने व्यवस्था गर्न अनुरोध गरेको छ।

छुट्टै विज्ञप्तिमार्फत् मन्त्रालयले संक्रमण बढ्दै गएको अवस्थामा विभिन्न अस्पतालहरूमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वस्थ राखी नियमित स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ हुन नदिनु सबैको जिम्मेवारी भएको उल्लेख गरेको छ।

स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सक÷स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइनमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गरेर मात्रै काममा लगाउन मन्त्रालयले सबै अस्पताललाई आह्वान गरेको छ।


Leave a Reply

Your email address will not be published.