एक लाख मेट्रिक टन खाद्यान्न किन्दै व्यापार कम्पनी

एक लाख मेट्रिक टन खाद्यान्न किन्दै व्यापार कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष ०७७/०७८ मा एक लाख मेट्रिक टन खाद्यान्न खरिद गर्ने भएको छ।

कम्पनीका सहायक प्रबन्ध निर्देशक मणिराज खनालले यो आवमा ४ अर्बको खाद्यान्न खरिद गरिने जानकारी बुधबार कम्पनीको प्रथम वार्षिकोत्सवमा दिएका हुन्।

खनालका अनुसार यो वर्ष ६० हजार टन धान, २५ हजार टन चामल, पाँच हजार टन गहुँ, दुई सय  टन कर्णालीको सिमी र २० टन भटमास खरिद गरिने छ।
 ५० टन मासको दाल, १ सय टन मुसुरो तथा रहरको दाल, १० हजार लिटर सनफ्लावर तेल तथा १० लाख लिटर तोरीको तेल खरिद गरिने छ। 

त्यस्तै, दशैँलाई लक्षित गरी एक हजार ६ सय खसीबोका, एक हजार ४ सय च्याङ्ग्रा किनिने छ। यो वर्ष ६ हजार वटा इन्डक्सन चुलो खरिद गर्ने योजना बनाएको उनले जनाए।

कम्पनीले सातै प्रदेशका लागि ३०/३० हजार तथा केन्द्रमा एक लाख टन खाद्यान्न गरी ३ सय १० टन खाद्यान्न राष्ट्रिय सुरक्षा भण्डारण कोषमा मौज्दात राखिने जनाएको छ। 

खाद्य कम्पनी र नेसनल टेड्रिङ कम्पनीलाई गाभेर एक बनाइएको हो।


Leave a Reply

Your email address will not be published.