सबैभन्दा धेरै संक्रमित भारतमा थपिए, मृत्यु अमेरिकामा धेरै
बितेको चौबिस घण्टामा विश्वभर २ लाख ७४ हजारबढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। ६ हजारबढीको मृत्यु भएको छ।
यो सँगै विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ लाख ५१ हजार ५ सय ५३ पुगेको छ भने २ करोड ७८ लाख ६ हजार २ सय ४० जना संक्रमित भएका छन्।
बितेको चौबिस घण्टामा सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ भने सबैभन्दा बढी संक्रमित भारतमा थपिएका छन्।
अमेरिकामा एक दिनमा भाइरसको संक्रमणबाट १ हजार ३ सय ७९ जनाले ज्यान गुमाएका छन् भने ५४ हजार ६६ जना नयाँ संक्रमित थपिएका छन्।
अमेरिकामा अहिलेसम्म संक्रमणबाट १ लाख ६९ हजार १ सय २४ जनाको ज्यान गइसकेको छ भने ५३ लाख ६० हजार २३ जना संक्रमित छन्।
ब्राजिलमा बितेको चौबिस घण्टामा १ हजार १ सय ६४ जनाको मृत्यु भएको छ भने ५८ हजार ८१ जना नयाँ संक्रमित थपिएका छन्।
ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४ हजार २ सय ६३ पुगेको छ भने ३१ लाख ७० हजार ४ सय ७४ जना संक्रमित रहेका छन्।
चौबिस घण्टामा सबैभन्दा बढी संक्रमित भेटिएको भारतमा ९ सय ५० जनाको मत्यु भएको छ भने ६७ हजार ६६ जना नयाँ संक्रमित थपिएका छन्।
योसँगै भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ३८ पुगेको छ भने २३ लाख ९५ हजार ४ सय ७१ जनामा संक्रमण रहेको छ।
मेक्सिकोमा एक दिनमा कोरोनाबाट ९ सय २६ जनाको ज्यान गएको छ भने ६ हजार ६ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्।
मेक्सिकोमा भाइरसका कारण ५३ हजार ९ सय २९ जनाको मृत्यु भएको छ भने ४ लमख ९२ हजार ५ सय २२ जना संक्रमित रहेका छन्।
रुसमा भने कोरोना भाइरसको संक्रमणदर र मृत्युदर घट्दै गएको छ। रुसमा चौबिस घण्टामा १ सय २९ जनाको संक्रमणबाट मृत्यु भएको छ भने ५ हजार १ सय २ जना नयाँ संक्रमित थपिएका छन्।
रुसमा कोरानाबाट ज्यान गुमाउनेको संख्या १५ हजार २ सय ६० जान पुगेको छ भने ९ लाख २ हजार ७ सय १ जना संक्रमित रहेका छन्।
विश्वका विभिन्न देशमा गरी अहिलेसम्म २ करोड ७८ लाख ६ हजार २ सय ४० जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ भने ७ लाख ५१ हजार ५ सय ५३ जनाको मृत्यु भएको छ।
संक्रमितमध्ये १ करोड ३६ लाख ८२ हजार ४ सय ६४ जना निको भइसकेका छन्।