‘बेलायतमा आर्थिक मन्दीले मानसिक रोगी बढायो’

‘बेलायतमा आर्थिक मन्दीले मानसिक रोगी बढायो’

बढ्दो कोरोना संक्रमण र लकडाउनका कारण बेलायतले आर्थिक मन्दीको सामना गरिरहेको छ। आर्थिक मन्दी मानसिक स्वास्थ्यका लागि एकदमै खतरापूर्ण रहेको त्यहाँका बरिष्ठ चिकित्सकहरुले चेतावनी दिएका छन्। 

करिब ११ वर्षपछि बेलायतले ‘आधिकारिक रुपमा’ आर्थिक मन्दीको सामना गरिरहेको छ।

रोयल कलेज अफ साइक्याट्रिस्टका अध्यक्ष डा. एडरियन जेम्सले देशमा आर्थिक मन्दी बढ्दै जाँदा मानसिक बिरामी पनि बढ्दै गइरहेको र त्यसले भंयकर मानवीय क्षति निम्त्याउने चेतावनी दिएका छन्। 

देशका अधिकांश चिकित्सकहरुले आर्थिक मन्दीकै कारण मानिस अहिले मानसिक समस्या लिएर आउने गरेको बताएका छन्। 

डा. जेम्सका अनुसार मन्दीका कारण अहिलेको मौजुदा स्वास्थ्य स्थिति अझै खराब हुनसक्छ। र मानसिक बिरामीहरु झनै बढ्नेछन्। 

उनले जो पहिलादेखि नै बेरोजगार छन्, गरिबीमा बाँचिरहेकाहरु, युवा पुस्ता, एकल आमा, बुवा तथा आप्रवासीहरुलाई यो समस्या बढ्नसक्ने बताएका छन्। 

आर्थिक मन्दीको सबैभन्दा बिनाशकारी समस्या नै मानसिक स्वाथ्य भएका कारण यसबाट बच्नका लागि सरकारले स्वास्थ्य सेवा तथा सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने उनको सुझाव छ। 

विश्वमै कोरोना भाइरसबाट धेरै प्रभावित देशमध्य बेलायत पनि एक हो। संक्रमितको मृत्युदरको हिसाबमा ब्रिटेन चौथो देश हो। 
यहाँ अहिलेसम्म ४१ हजार ३ सय २९ जना संक्रमितको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.