तीन दिनसम्म कुन कुन प्रदेशमा भारी वर्षा?
अहिले देशैभरि मध्यमखालको वर्षा भइरहेको छ।
प्रदेश १, गण्डकी प्रदेश प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षा हुनसक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।
प्रदेश १, गण्डकी प्रदेश प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाका कारण बाढी पहिरोको जोखिम हुनसक्ने पनि उसले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बिहीबार
दिउँसो : गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा हुनसक्ने।
राति : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूर पश्चिम प्रदेशका केही भागमा भारी वर्षा हुनसक्ने।
शुक्रबार
दिउँसो : गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने।
राति : कर्णाली प्रदेश, र सुदूर पश्चिम प्रदेशकाका केही भागमा भारी वर्षा हुनसक्ने।
शनिबार
दिउँसो : गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने।
राति : प्रदेश १, कर्णाली प्रदेश, र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने।