परामर्शका लागि ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

परामर्शका लागि ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

लामो समयदेखिको संवादहीनता भंग गर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। 

आन्तरिक विवाद सतहमा आइसकेपछि पार्टी फुट्ने संकेत देखिएको थियो। पार्टी एकताको पक्षमा गत आइतबार ६१ सांसदले ध्यानाकर्षण गराएका थिए। 

त्यसपछि मुख्य नेतृत्वहरूबीच कुनै संवाद भएको थिएन। सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड परामर्शका लागि केहीबेरअघि बालुवाटार पुगेका हुन्। 

बालुवाटार स्रोतका अनुसार अहिले दुवै अध्यक्षबीच विवादको निकाल्ने विषयमा छलफल भइरहेको छ। 

स्थायी कमिटीको बैठकमा प्रचण्ड-माधवकुमार नेपाल पक्षका नेताहरूले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको हो।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकबाट निकास निकालिनुपर्ने र अध्यक्ष प्रचण्डले स्थायी कमिटीबाट निकास निकाल्नुपर्ने अडान लिएपछि एक सातादेखि दुवै अध्यक्षको भेटघाट पनि भएको थिएन। 
 


Leave a Reply

Your email address will not be published.