फ्रान्सेली क्लब पिएसजी बढ्यो अगाडि

फ्रान्सेली क्लब पिएसजी बढ्यो अगाडि

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बुधबार एटलान्टालाई २-१ ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल तय गरेको छ। 

पिएसजी प्रतियोगिताको सेमिफाइनलमा पुगेको २५ वर्षयता पहिलोपल्ट हो।

त्यसका लागि पीएसजीले खेलको अन्त्यतिर सनसनीपूर्ण दुई गोल गरेको थियो। मारियो पासिलिचको गोलबाट अग्रता लिएको एटलान्टाविरुद्ध ब्राजिली फरवार्ड माक्र्विन्होले ९० औं मिनेटमा बराबरी गोल गरे।

त्यसलगत्तै केलियन एमबाप्पेको पासमा एरिक म्याकसिमले विजयी गोल गरे। 

अब सेमिफाइनलमा पिएसजीको भेट आरबी लेप्जिग वा एट्लेटिको म्याड्रिडबीचको विजेतासँग हुनेछ। यी दुईबीचको खेल आज राति हुनेछ।
 


Leave a Reply

Your email address will not be published.