हीराजडित झन्डै २० तोला सुन बरामद, एकजना पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ ठूलो परिमाणमा हीराजडित सुन बरामद गरेको छ।
वीरेन्द्रनगर-३ जलेश्वर मन्दिर नजिकैबाट बुधबार प्रहरीले झण्डै २० तोला सुन बरामद गरेको हो।
विशेष सुराकीको आधारमा प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको पुष्टि गरेपनि सुन नै हो भन्ने प्रमाणित नभएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले झण्डै १० थान सुनका बाला, झुम्का, क्लिप र कमलको फूल आकारको हीराजडित सुन बरामद गरेको जानकारी दिए।
सुन लुकाएर राखेको अवस्थामा स्थानीय मनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
हरीले मध्यराति घटनास्थललाई सिल गरेर आज बिहानबाट थप सुन लुकाएको आशंकामा खोजबिन जारी राखेको एसपी भट्टले जानकारी दिए।
प्रहरी स्रोतका अनुसारका कम्तीमा २० तोला सुन प्रहरीले बरामद गरेको छ। सुन कहाँबाट कस्ले ल्यायो भन्ने नखुलेको र अनुसन्धान भइरहेको एसपी भट्टले बताए।