मोदीलाई भूमि पुजन गराउने महन्तमा कोरोना संक्रमण

मोदीलाई भूमि पुजन गराउने महन्तमा कोरोना संक्रमण

मोदीलाई भूमि पुजन गराउने महन्तमा कोरोना संक्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अयोध्यामा भूमि पुजन गराउने महन्त नृत्य गोपालदासमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

प्रधानमन्त्री मोदीलाई ५ अगस्टमा ति महन्तले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पुजन गराएका थिए। कोरोना पुष्टि हुनेमा राम मन्दिर ट्रष्टका प्रमुख नृत्य गोपाल दास रहेका छन्।

अयोध्यामा गत अगस्ट ५ मा भएको राम मन्दिर भूमि पूजन कार्यक्रममा गोपालदाससँग मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल राष्ट्रिय स्वयमसेवक संघका अध्यक्ष मोहन भागवतलगायतका व्यक्तिहरू सहभागी भएका थिए।

महन्त नृत्य गोपालदासलाई श्वासप्रस्वासमा समस्या भएको भारतीय सञ्चारमाधयमले जनाएका छन्।


Leave a Reply

Your email address will not be published.