प्रेस युनियन भक्तपुरद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

प्रेस युनियन भक्तपुरद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

नेपाल प्रेस युनियन भक्तपुरले पत्रकारहरूलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ। युनियनले सेनिटाइजर, सर्जिकल मास्क र पञ्जालगायतका सामग्री प्रदान गरेको हो।

कोरोना भाइरसको बिषम परिस्थितिमा सरकार सत्ता बचाउन मात्र लागि परेको टिप्पणी गर्दै युनियनका वरिष्ठ पत्रकार कविर राणाले सञ्चारकर्मीको सुरक्षाका लागि आफूहरूले सहयोग गरेको बताए। 

उनले सरकार जनताको मर्म विपरित काम गरिरहेको आरोप लगाएका थिए। कोरोना भइरस संक्रमण जोखिममा अग्रमोर्चमा खटिएर काम गर्ने पत्रकारको स्वास्थ्यप्रति सरकार गम्भीर नबनेको आरोप लगाए।

यस्तै नेविसंघका महामन्त्री बलदेब तिमिल्सेनाले आफूहरूले पनि देशभरका पत्रकार, नेपाल प्रहरीलगयत अग्रभागमा खटिएर काम गर्ने व्यक्तिहरूलाई स्वास्थ्य सामग्री प्रदान गरिरहेको बताएका थिए। 

भौतिक दूरी कायम गरी करिव २२ जना प्रेस युनियन भक्तपुरका पत्रकारहरूलाई युनियन भक्तपुरका साभापति रोशन शिल्पकारको सहभागितामा स्वास्थ्य सामग्री प्रदान गरिएको थियो।


Leave a Reply

Your email address will not be published.