टिचिङमा उपचाररत पाँच चिकित्सक आइसियुमा, दुईजनाको अवस्था गम्भीर

टिचिङमा उपचाररत पाँच चिकित्सक आइसियुमा, दुईजनाको अवस्था गम्भीर

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ थपिँदो छ। जसमा स्वास्थ्यकर्मीहरू पनि रहेका छन्।

पछिल्लो समय त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मात्रै पाँचजना चिकित्सक आइसियुमा उपचाररत रहेको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए।

जसमध्ये २ चिकित्सकको अवस्था गम्भीर रहेको छ। डा. दासका अनुसार वीर अस्पताल र नोवेल शिक्षण अस्पतालमा कार्यरत दुई चिकित्सकको स्वास्थ्य अवस्था बिग्रदै गएको हो।

दुवै चिकित्सकमा कोरोना र निमोनियाको समस्या रहेको छ। अस्पतालमा अहिले आइसियु तथा आइसोलेसनमा २६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

हालसम्म नेपालमा ६० जनाभन्दा बढी चिकित्सकमा संक्रमण पुष्टि भइसकेको छ।

बुधबार आकस्मिक विभागका २ चिकित्सक र ४ नर्समा संक्रमण देखिएपछि अस्पतालले आकस्मिक सेवा केहि दिनको लागि बन्द गरेको छ। 

आकस्मिक विभागका सबै होम क्वारेन्टाइनमा रहेकाले शनिबारसम्म सेवा सञ्चालन गर्न नसकिने अस्पतालका निर्देशक डा. रोहित पोखरेलले जानकारी दिए।

आकस्मिक विभागका नर्सिङ स्टाफ र चिकित्सकलाई ज्वरो जस्ता लक्षण देखिएको उनले बताए।

‘परीक्षणको रिर्पोट आउन भोली सम्म समय लाग्छ। आकस्मिक विभागलाई संक्रमण मुक्त बनाएर मात्र सेवा सञ्चालन गर्नुपर्दा शनिबारबाट सेवा दिन सकिन्छ कि? डा. पोखरेलले भने।’

आकस्मिक विभागमा रहेका करीब १०२ कर्मचारीको बिहीबार नुमना संकलन भएको छ। अस्पतालका हालसम्म १८ जना स्वास्थ्यकर्मी संक्रमण पुष्टि भएको छ। अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु रहेको डा. पोखरेलले बताए।


Leave a Reply

Your email address will not be published.