कोरोना संक्रमित धनुषाकी एक वृद्धाको मृत्यु

कोरोना संक्रमित धनुषाकी एक वृद्धाको मृत्यु

कोरोना संक्रमित धनुषाकी एक वृद्धाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका–७ घर भएकी ६० वर्षीया वृद्धाको उपचारको क्रममा बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

दम, श्वासप्रश्वासलगायतका दीर्घरोगी रहेकी उनलाई ६ दिनअघि उपचारको लागि धरान लगिएको थियो। उपचारकै क्रममा पिसिआर परीक्षण हुँदा उनमा कोरोना पोजेटिभ देखिएको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए।

उपचारको क्रममा उनको गएराति निधन भएको मेयर महतोले बताएका छन्। मृतक वृद्धाको शव विहिबार धरानबाट धनुषा ल्याइएको महतोले जानकारी दिए।

वृद्धाको शवलाई नेपाली सेनाको टोलीले नगरपालिकाकै वडा नम्बर–७ स्थित जंगलमा व्यवस्थापन गरेको उनले बताए। यससँगै धनुषामा ५ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ।


Leave a Reply

Your email address will not be published.