प्रदेश १ मा ११५ संक्रमित थपिए

प्रदेश १ मा ११५ संक्रमित थपिए

प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १/१, प्रदेश १ बाहिरका  २ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। 

मोरङको विराटनगर महानगरपालिकामा थपिएका ६० मध्ये २२ महिला र ३८ पुरुष छन्। त्यस्तै जिल्लाको बुढीगंगा गाउँपालिकामा २५ पुरुष, कटहरी गाउँपालिकामा २ महिला १ पुरुष, सुनसरीको इटहरी उपमहानगरपालिकामा ३ महिला १० पुरुष, दुहवी नगरपालिकामा ३ पुरुष, धरान उपमहानगरपालिकामा १ महिला र बराहक्षेत्र र राधुनी  नगरपालिकामा १/१ पुरुष रहेका छन्। 

इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ। 

प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ। 


Leave a Reply

Your email address will not be published.