आइतबारदेखि नेपालगन्जस्थित राजस्व कार्यालय खुल्ने

आइतबारदेखि नेपालगन्जस्थित राजस्व कार्यालय खुल्ने

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले ३२ साउनदेखि सेवा सुचारु गर्ने भएको छ।

कोरोना संक्रमित कर्मचारी र उनीहरूका परिवारका सदस्यहरू निको भएपछि ३२ साउनदेखि कार्यालयको कामकाज सुचारु गर्ने तयारी गरीएको हो।

कार्यालयका चार अधिकृत, चार जना अन्य कर्मचारी र उनीहरूका परिवारका चारजना सदस्य डिस्चार्ज भएपछि कार्यालयमा स्थापना गरिएको आइसोलेसन पनि बन्द गरिएको छ। कार्यालयका कोरोना संक्रमित कर्मचारी र उनीहरुका परिवारलाई सोही आइसोलेशनमा राखिएको थियो।

राजस्व कार्यालयका एक अधिकृतमा कोरोना संक्रमण देखिए पछि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा थप १० जनामा कोरोना पुष्टि भएको थियो।

त्यस्तै, दाङबाट उपचारका लागि भेरी अस्पतालमा आएका दुई जना कर्मचारीमा समेत कोरोना संक्रमण फेला परेपछि राजस्व कार्यालयमै आइशोलेसन सेन्टर बनाइएको थियो। 

आइशोलेसन सेन्टर बन्द गरि जनस्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर ३२ साउनबाट कार्यालयको काम सुचारु गरिने कार्यालय स्रोतले जनाएको छ।


Leave a Reply

Your email address will not be published.