तीन प्रहरीसहित सुदूरपश्चिमका १० जनामा कोरोना संक्रमण

तीन प्रहरीसहित सुदूरपश्चिमका १० जनामा कोरोना संक्रमण

सुदूरपिश्चममा बिहिबार १० जनामा कोरोना संक्रमण पुष्टि  भएके छ। डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पताल धनगढी प्रयेगशालामा भएको स्वाब परीक्षणामा तीन प्रहरीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार संक्रमण पुष्टि भएका ८ जना मध्ये तीनजना प्रहरी रहेका छन्। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ४२, ४२ र ४४ वर्षीय प्रहरी कर्मचारीमा कोरोना देखिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुप समशेर जबराका अनुसार ३० जना प्रहरीको स्वाब परीक्षण गिरएकोमा तीनजनामा संक्रमण  पुष्टि भएको हो। स्वाब परीक्षण गरिएका सबै प्रहरी त्रिनगर भन्सार हुँदै नेपाल अउनेहरूको सुरक्षामा खिटएका रहेका छन्।

‘भन्सारमा खिटएका सबै प्रहरीलाई होम आइसोलेसनमा राखिएको थियो,’ उनले भने,  ‘सात दिनपछि स्वाब परीक्षण गर्दा तीनजनामा कोरोना पुष्टि भएको हो।’ उनका अनुसार संक्रमण पुष्टि भएका प्रहरी अहिले आइसोलेसनमा राखिएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा चार सय ७९ जनाको कोरोना परीक्षण भएकोमा २ महिला र ६ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन सय ५२ जनाको स्वाब परीक्षण गरिएकोमा दुईजनामा संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए। 

उनका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिकाका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो। यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौ सय ६९ पुगेको छ।


Leave a Reply

Your email address will not be published.