बाँकेका थप २२ जनामा कोरोना पुष्टि
बिहिबार बाँकेका थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परीक्षणमा नेपालगन्ज उपमहानगरका १५ र कोहलपुर नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
भेरी अस्पतालका अनुसार संक्रमितहरूमध्ये ९ जना महिला र १३ जना पुरुष रहेका छन्। यसैबिच भेरीमै गरिएको परीक्षणमा बर्दिया बाँसगढीका २ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ।