लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा उपचाररत दुईजना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनिहरू बुधबार प्यूठन र कपिलवस्तुबाट उपचारका लागि आएका व्यक्तिहरू हुन्। उनीहरूमा देखिएको लक्षणका आधारमा पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। 

उनीहरूको रिपोर्ट पोजेटिभ आएपछि अस्पताललाई सेनेटाइज गरेर नियमित अवस्थामा ल्याइएको प्रवक्ता गौतमले बताए। उनका अनुसार सरकारले निर्धारण गरेको मापदण्डअनुसार अस्पताललाई सेनिटाइज गरिएको हो।

दुवै बिरामीलाई आइसोलेशनमा राखेर उपचार थालिएको छ। उनीहरूमध्ये कपिलवस्तुबाट आएका बिरामी कपिलवस्तु अस्पतालबाट रेफर भएर आएका हुन्।


Leave a Reply

Your email address will not be published.