विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन 

विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन 

४ सय १५ कोरोना संक्रमित भेटिएपछि गत साउन १६ गते २ हप्ताका लागि लकडाउन गरेको विराटनगर महानगरपालिकाले थप ५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ। 

नगरप्रमुख भीम पराजुलीले समुदायमा फैलिएको संक्रमण अझै नियन्त्रणमा नआएको निस्कर्षसहित थप भदौ ५ गतेसम्म लकडाउन थप्ने निर्णय भएको जानकारी दिए।
  
प्रदेश १ मा बिहिबार १ सय १५ संक्रमित थपिदा विरानगरका मात्र ६० व्यक्ति थिए। यो हालसम्मकै उच्च तथ्याङ्क हो। यो बढेको तथ्याङ्कसँगै झस्केको महानगरले कोरोना नियन्त्रण र व्यवस्थापनको नयाँ रणनीति तय गर्ने बताएको छ। 

अझै मानिसको आवतजावतलाई नियन्त्रण गर्न भन्दै महानगरले थप लकडाउन बढाएको हो। विराटनगरको मुख्य तरकारी किनबेच हुने गुद्री बजारबाट अनियन्त्रीत रुपमा फैलिएको कोरोनालाई नियन्त्रमा लिन उक्त क्षेत्र सील गरिएको छ। 

नगरका विभिन्न संक्रमित वडालाई विशेष निगारी राखेर महानगरले कोरोना नियन्त्रणको अभियान चलाइ रहेको मेयर पराजुलीले जानकारी दिए। 

विराटनगरका संक्रमित मध्ये ६१ जना कोरोनामुक्त भएको महानगरले जानकारी दिएको  छ।


Leave a Reply

Your email address will not be published.