चाैबिस घण्टामा विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा
भारतमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ।
कोरोना प्रभावित देशको सुचिमा तेस्रो नम्बरमा रहेको भारत संक्रमित संख्याको आधारमा सबैभन्दा बढी प्रभावित बन्दै गइरहेको छ।
कोरोना संक्रमित संख्याको आधारमा भारत दैनिक अमेरिका र ब्राजिललाई समेत पछि पारिरहेको छ।
बितेको चौबिस घण्टामा भारतमा ६४ हजार १ सय ४२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने १ हजार ६ जनाको मृत्यु भएको छ।
भारतमा कोरोनाबाट ज्यन गुमाउनेको संख्या ४८ हजार १ सय ४४ जना पुगेको छ भने २४ लाख ५९ हजार ६ सय १३ जना संक्रमित रहेका छन्।
अमेरिकामा एक दिनमा कोरोनाबाट १ हजार २ सय ५० जनाको मृत्यु भएको छ भने ५४ हजार ५ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्।
योसँगै अमोरिकामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ३ सय ८१ जना पुगेको छ भने ५४ लाख १४ हजार ७ सय ४१ जना संक्रमित छन्।
त्यस्तै ब्राजिलमा एक दिनमा कोरोना भाइरसबाट १ हजार ३ सय १ जनाको ज्यान गएको छ भने ५९ हजार १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन्।
ब्राजिलमा अहिलेसम्म संक्रमणबाट १लाख ५ हजार ५ सय ६४ जनाको मृत्यु भएको छ भने ३२ लाख ३९ हजार ६ सय २१ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
मेक्सिकोमा एक दिनमा ७ सय ३७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ भने ५ हजार ८ सय ५८ जना नयाँ संक्रमित फेला परेका छन्।
मेक्सिकोमा अहिलेसम्म ४ लाख ९८ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५४ हजार ६ सय ६६ जनाको मृत्यु भएको छ।
विश्वका विभिन्न देशमा गरी बितेको चौबिस घण्टामा २ लाख ७१ हजार ५ सय ६८ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार ३ सय २३ जनाले ज्यान गुमाएका छन्।
योसँगै विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७ लाख ५२ हजार ७ सय २९ जनाको ज्इान गएको छ भने २ करोड १० लाख ५९ हजार १ सय ४ जना संक्रमित रहेका छन्। संक्रमितमध्ये १ करोड ३९ लाख ५ सय ५७ जना निको भइसकेका छन्।