आज कुन कुन प्रदेशमा भारी वर्षा हुन्छ?
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ। तर, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही भागमा भने भारी वर्षाको सम्भावना देखाएको छ।