धोनीको कोरोना रिपाेर्ट नेगेटिभ, आइपिएल खेल्न पाउने
चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र्रसिंह धोनीको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ।
कोरोना रिपोर्ट नेगेटिभ आएपछि अब उनी युएईमा हुने भनिएको आइपिएल खेल्न पाउनेछन्।
राँचीको गुरु नानक हस्पतालको ल्याब टोलीले बुधबार धोनीको घर गएर स्वाब संकलन गरेको थियो।
धोनीको रिर्पोट नेगेटिभ आएसँगै उनी अगस्त १४मा अभ्यासका लागि चेन्नइ जानेछन्। र, त्यसपछि टिमसँगै युएई जाने योजना रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।
चेन्नइ सुपर किंग्सका प्रबन्धकले कोरोना भाइरसबाट सुरक्षित हुनका लागि धोनीको टिमका लागि जहाज चार्टड गरेका छन्।
धोनीका साथै झारखण्डका खेलाडी मोनु कुमारको कोरोना परीक्षणको रिर्पोट पनि नेगेटिभ आएको छ। धोनीसँगै उनी पनि चेन्नाई जानेछन्।
यो वर्षको आइपिएल १९ सेप्टेम्बरदेखि युएईमा हुनेछ।