सुन ८ सयले बढ्याे, ताेलाकाे ९८ हजार ६ सय
नेपाली बजारमा सुनकाे भाउ आज शुक्रबार पनि बढेकाे छ। यो साता लगालग चार दिन आरोलो लागेको सुन हिजाे बिहीबारबाट पुन: बढ्न थालेकाे थियाे। आज छापावाल सुनमा तोलाको ८ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो भाउ बिहीबारको दाँजाेमा ८ सय रुपैयाँले बढी हो। बिहीबार २ हजार ४ सयले बढे पनि बुधबार भने एकैचाेटि तोलामा ६ हजार २ सय रुपैयाँ घटेर ९५ हजार ४ सय कायम भएको थियो। मंगलबार तोलाको १ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार ८ सय, सोमबार २ सय र आइतबार ९ सय रुपैयाँले घटेको थियो। सोमबार तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार १ लाख २ हजार ६ सय रुपैयाँ थियो।
गत साता शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेर सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
महासंघका अनुसार तेजाबी सुनको भाउ शुक्रबार ९८ हजार १ सयमा किनबेच भइरहेकाे छ। हिजाे बिहीबार तोलाको ९७ हजार ३ सयमा किनबेच भएकाे थियाे।
तेजाबी सुन बुधबार तोलाको ९४ हजार ९ सय, मंगलबार १ लाख १ हजार १ सय, सोमबार १ लाख १ हजार ९ सय र आइतबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गएकाे शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो।
आज शुक्रबार चाँदीको भाउ ६० रुपैयाँले बढेर ताेलाकाे १ हजार ३ सय ५५ रुपैयाँ पुगेकाे छ। बिहीबार चाँदीको भाउ तोलाको ८५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा किनबेच भएकाे थियाे।
चाँदीको भाउ बुधबार १ हजार २ सय १०, मंगलबार १ हजार ४ सय ३५, सोमबार १ हजार ३ सय ९५ र आइतबार १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको थियो। चाँदी गत शुक्रबार १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भएको थियो।