सुन ठगी गर्ने शारदा नयाँ बानेश्वरबाट पक्राउ
काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ।
झापा शान्तिनगर घर भएकी शारदाले करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा पक्राउ गरिएकाे हाे।
उनले डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न बहाना बनाई झुक्याई ठगी गरेको मुद्दाका आधारमा महानगरीय अपराध महाशाखा
मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको जनाइएको छ।