विराटनगरमा ३० वर्षे युवाकाे काेराेनाबाट मृत्यु
विराटनगरमा थप एक संक्रमितको मृत्युु भएको छ।
विराटनगर महानगरपालिका १५ का ३० वर्षीय युवाको बिहीबार ४ बजे कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भए पनि शुक्रबार मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन्।
संक्रमित युवामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि बिहीबार बिहान अस्पताल भर्ना भएका उनको दिउँसो ४ बजे मृत्यु भएको थियो।
मृतकको पहिलो स्वाब परीक्षण नतिजा नेगेटिभ आए पनि चिकित्सकलाई शंका लागेर पुनः दोहो¥याएको दासले बताए। शुक्रबार बिहान आएको रिपोर्टअनुसार मृतकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो।
योसँगै विराटनगर महानगरमा मात्रै कोरोनाका कारण ज्यान गुुमाउनेको संख्या ६ पुुगेको छ भने प्रदेश १ भर कोरोनाले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। मृतक सबै मोरङ जिल्लाका हुन्।
शुक्रबारमात्रै कोशी अस्पतालमा सिरहा विष्णपुर-१ का ४० वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको थियो।
उनको बिहीबार साँझ मृत्यु भए पनि कोरोनाकै कारणले मृत्युु भएको बिहान मात्र पुष्टि भएको चिकित्सकले जानकारी दिएका छन्।