विवाद सुल्झाउन नेकपामा बन्याे कार्यदल, महासचिव पौडेल संयोजक

विवाद सुल्झाउन नेकपामा बन्याे कार्यदल, महासचिव पौडेल संयोजक

विवाद सुल्झाउन कार्यदल गठन, महासचिव संयोजक काठमाडौंः अन्नत नेकपाले आन्तरिक विवाद सुल्झाउन कार्यदल गठन गरेको छ।

सत्तारुढ पार्टीभित्रको विवादका कारण सर्वत्र आलोचना भएपछि विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको छलफलमा विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो।

कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेको बालुवाटार स्रोतले जनाएको छ।

कार्यदलमा केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व गरिएको छ।

कार्यदलका संयोजक पौडेलले कार्यदलले छिटोभन्दा छिटो विवाद समाधानका लागि सुझाव पेस गर्ने बताए।

‘यो काम अरु कारणले रोकिँदैन, विवादका कारण सर्वत्र आलोचना छ, त्यसैले निकासका लागि छिटोभन्दा छिटो कार्यदलले सु्झाव पेस गर्नेछ,’ आयोमेलसँग कुरा गर्दै पौडेलले भने।


Leave a Reply

Your email address will not be published.