कालिकोट पहिरो अपटेडः तीजको नाचगान भइरहँदा एक्कासि पहिराे खस्याे, मृतक ६ जनाकै सनाखत

कालिकोट पहिरो अपटेडः  तीजको नाचगान भइरहँदा एक्कासि पहिराे खस्याे, मृतक ६ जनाकै सनाखत

कालिकोटको महाबै गाउँपालिका-३ नकुमा पहिरोले पुरेर मृत्यु भएका सबै जनाको सनाखत भएको छ। उनीहरु एकै परिवारका सदस्य हुन्।

बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुर्दा उनका दुई छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार वडा सदस्य विष्टका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेखा विष्टको पनि सोही पहिरोमा परी मृत्यु भएको छ।

उनीहरू रातिको १२ बजेसम्म घरमै तीजको नाचगान गरिरहेका थिए। माथिबाट एक्कासि पहिरो आएपछि उनीहरू पुरिएका थिए।

शुक्रबार बिहानमात्रै शव निकालिएको एसएसपी बाँस्तोलाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published.