बैतडीमा निको भएका दुई जनामा पुनः कोरोना संक्रमण

बैतडीमा निको भएका दुई जनामा पुनः कोरोना संक्रमण

बैतडीमा कोरोना संक्रमण मुक्त भएर घर गएका दुई जनामा पुनः संक्रमण पुष्टि भएको छ। 

एक पटक कोराना भाइरसकाे संक्रमण भएर १४ दिन क्वारेन्टाइनमा बसेपछि कुनै लक्षण नदेखिएको भन्दै स्वास्थ्यकर्मीले घर पठाइएका सूर्नया गाउँपालिका–७ का दुई पुरुषमा पुनः कारोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

कोरोना पुष्टि भएका तर कुनै लक्षण नदेखिएका दुवै जनालाई १४ दिने क्वारेन्टाइन राखेर घर फर्काइएकोमा फेरि स्वाब संकलन गर्दा पोजेटिभ रिपोर्ट देखिएको उनले बताए।

घर गएर कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकाको खोजीकार्य गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख महराले बताए। 

बैतडीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका २ सय २३ संक्रमितमध्ये ६ जना मात्रै क्वारेन्टाइनमा रहेका छन्। बाँकी २ सय १७ जना भने संक्रमणमुक्त भएर घर गएका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए।


Leave a Reply

Your email address will not be published.