शुक्रबार टिचिङ अस्पतालका चार स्वास्थ्यकर्मीलाई काेराेना पुष्टि

शुक्रबार टिचिङ अस्पतालका चार स्वास्थ्यकर्मीलाई काेराेना पुष्टि

त्रिवि शिक्षण अस्पतालमा शुक्रबार थप चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ। 

अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा‌. सन्तकुमार दासले थप चार जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि गरेका छन्।

संक्रमित हुनेमा दुई नर्स, एक चिकित्सक र एक कर्मचारी छन्। संक्रमण देखिएका स्वास्थ्यकर्मी बर्थिङ सेन्टर स्वास्थ्यकर्मी  जनाइएकाे छ। 
आज थप भएका यो सँगै २२ स्वास्थ्यकर्मीमा संक्रिमत भएका छन्। 

यसअघि बुधबार मात्र इमरजेन्सीका ४ जना नर्सिङ स्टाफ र दुईजना चिकित्सक सहित ६ जनामा कोरोना भेटिएसँगै आकस्मिक कक्ष सिल गरिएको छ।

आकस्मिक कक्षमा कार्यरत १ सय २ जनाको नमुना संकलनको रिपाेर्ट केही घण्टाभित्रै आउने डा. दासले बताए। 

आकस्मिक कक्षको सेवा सञ्चालनको विषयमा उनले रिपाेर्ट आएपछि मात्र भन्न सकिने बताए।

कोरोना उपचारको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीमा थप संक्रमण बढ्दै जाँदा धेरै अस्पतालका सेवा प्रभावित बनेकाे छ।
हाल त्रिविमा २६ जना संक्रमितको उपचार भइरहेको छ। ५ जना आइसियुमा छन्।

आइसियुमा उपचारतमध्ये दुई जना चिकित्सकको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको अस्पतालले जनाएको छ।


Leave a Reply

Your email address will not be published.