कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा कर्णालीमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। 

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालमा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण देखिएको हो । 

संक्रमण हुनेमा सल्यान र जुम्लाका एक–एक जना रहेका छन्। दैलेखका तीन जनामा संक्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमण हुनेको संख्या २ हजार ५७ पुगेको छ । 

थप सात जना कोरोना संक्रमित निको भएका छन्। हालसम्म कर्णालीमा संक्रमणबाट निको हुनेको संख्या १ हजार ९ सय ८ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्मप्रसाद पोखरेलले जानकारी दिए।

संक्रमण पुष्टि भएकामध्ये कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने एक सय ४३ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published.