प्रदेश १ मा ९५ जना संक्रमित थपिए

प्रदेश १ मा ९५ जना संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङका विराटनगरका १३ महिला २० पुरुष, रंगेलीका ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीका दुहबीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवानगन्जका १ पुरुष र रामधुनीका १ महिला, झापाका दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीका १ पुरुष तथा सिरहा र धनुषाका १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना संक्रमित संख्या १ हजार ८ सय २१ पुगेको छ। 

प्रदेश १ बाट शुक्रबार ३५ जना डिस्चार्ज भएका छन्। मेची अस्पताल झापाबाट १७, कोसी अस्पताल कोभिडऔ१९ उपचार केन्द्रबाट १२ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन्। 

डिस्चार्ज भएका झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ। 

प्रदेश १ मा शुक्रबार २ हजार २ सय ५ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २८ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 


Leave a Reply

Your email address will not be published.