सांसद डा. यादवसहित धनुषाका ४८ जनामा कोरोना पुष्टि
जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवसहित धनुषाका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा डा.यादवसहित धनुषाका ४८ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिनिधिसभा सदस्य सञ्चालक रहेका जनकपुरस्थित जानकी हेल्थ केयरमा कार्यरत एक अन्य चिकित्सिकसहित चार जनामा संक्रमण पुष्टि भएको छ।
बालरोग विशेषज्ञ डा. यादव जानकी हेल्थकेयरमा बिरामी जाँच गर्ने गरेका छन्।
यसैगरी जनकपुरस्थित मुक्ति विकास बैंकका थप तीनजनामा संक्रमण पुष्टि भएको छ। यसअघि पनि मुक्तिनाथ विकास बैंकका केही कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार जनकपुरका २२, धनुषा मिथिला बिहारी नगरपालिकाका १, बटेश्वर गाउँपालिकाका १, हंसपुर नगरपालिकाका १, मुखियापट्टी गाउँपालिकाका १, जमुनीवासका १, मिथिला नगरपालिकाका ६, धनौजी गाउँपालिकाका १ र लक्ष्मीनिया गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।
महोत्तरीको जलेश्वर नगरपालिकाका १७, औरही नगरपालिकाका १ र पिपरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।