काेराेना काेषमा सनराइज बैंककाे साढे ७८ लाख सहयाेग

काेराेना काेषमा सनराइज बैंककाे साढे ७८ लाख सहयाेग

सनराइज बैंकले काेराेना भाइरसकाे संक्रमण राेकथामका लागि सरकारलाई साढे ७८ लाख सहयाेग गरेकाे छ।

बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि ७८ लाख ४४ हजार ४ सय ७६ रुपैयाँकाे चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेकाे हाे।

बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम कोरोना कोषमा जम्मा गर्नुपर्ने व्यवस्था ०७७/७८ काे मौद्रिक नीतिमा छ। साेही अनुरुप बैंकले उक्त रकम सहयाेग गरेकाे जनाएकाे छ।


Leave a Reply

Your email address will not be published.