उच्च अदालत नेपालगन्ज इजलासमा सुनुवाइ सुरु
कोरोनाका कारण सेवा सीमित गरेको उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले बिहीबारबाट सुनुवाइ सुरु गरेको छ।
थुनुवाको तर्फबाट पर्ने ७३ नम्बर बमोजिमको निवेदनको सनुवाइ सुरु भएको अदालतले जनाएको छ।
उच्च अदालत बार नेपालगन्जका अध्यक्ष विकास आचार्यका अनुसार, आइतबारदेखि दुबै पक्ष उपस्थित हुने गरी पेशीमा चढेका मुद्दाको सुनुवाइ हुँदै जाने व्यवस्था मिलाइएको छ। जिल्ला अदालतले आइतबार बैठक डाकेको छ।