आज ५ सय ९४ कोरोना संक्रमित थप, कूल २५ हजार ५५१ पुग्याे

आज ५ सय ९४ कोरोना संक्रमित थप, कूल २५ हजार ५५१ पुग्याे

शुक्रबार देशभर ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको बताए।

आज ७ हजार ९ सय १३ जना आइसोलेसनमा रहेका छन्।

शुक्रबार थप २४० जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन्।

यो सहित १७ हजार ७७ जना संक्रमणमुक्त भएको डा. गौतमले बताए। जुन कुल संक्रमित मध्ये ६६.८ प्रतिशत निको भएका छन्।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १४ हजार ६ सय ३८ जना रहेका छन।

कोरोना संक्रमणका कारणले हालसम्म ९९ जनाको मृत्यु भएको छ।

उपत्यकामा थप ११९ जना  संक्रमित

उपत्यकामा थप ११९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ८३, ललितपुरमा ३०, भक्तपुरमा ६ जनामा संक्रमण पुष्टि भएकाे छ।

उपत्यकामा १ हजार ७ सय संक्रमित संख्या पुगेको छ। काठमाडौंमा १३६३, ललितपुरमा २२१ र भक्तपुरमा ११६ संक्रमित पुगेकाे मन्त्रालयको तथ्यांक छ।


Leave a Reply

Your email address will not be published.