सिद्धार्थनगरमा भदौ ५ गतेसम्म लकडाउन

सिद्धार्थनगरमा भदौ ५ गतेसम्म लकडाउन

कोरोना संक्रमण बढ्दै गएपछि भैरहवाको सिद्धार्थनगर नगरपालिका लकडाउन गरिएको छ। शुक्रबार मध्यरातिबाट लागू हुने लकडाउन भदौ ५ गतेसम्म कायम हुने जनाइएको छ।

नगरभित्र आइपुग्नुपर्ने र बाहिर जानुपर्ने अवस्था भए साउन ३१ गते रातिसम्म आइसक्न र छाडिसक्न नगरपालिकाले अनुरोध गरेको छ।

लकडाउन अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाइ र अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने नगरपालिकाले जनाएको छ। तरकारी खाद्यान्न, दूग्धजन्य पदार्थको विक्रीवितरण दूरी कायम गरी बिहान ६ बजेदेखि ९ र साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ।

नगरभित्रको मालपोत, नापी, आन्तरिक राजस्व कार्यालय र अन्य सरकारी कार्यालयले अतिआवश्यक कर्मचारी मात्र उपस्थित गराइ व्यवस्थापन गर्ने भनिएको छ। 

बुटवल उपमहानगरपालिकाले पनि लकडाउन गरिसकेको छ । 


Leave a Reply

Your email address will not be published.