ब्राउनसुगरसहित बाँकेमा दुई युवा पक्राउ

ब्राउनसुगरसहित बाँकेमा दुई युवा पक्राउ

बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई युवालाई नियन्त्रणमा लिएको छ। प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-२२ का राकेशकुमार लोनिया र छविलाल लोनियालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो।

पुरैनीको शान्ति चोक नजिक लागूऔषध कारोबार भइरहेको खबर पाएपछि पुगेको प्रहरीले उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए। 

उनीहरूबाट २ ग्राम सय मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने राकेश र छविलाललाई थप अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।
 


Leave a Reply

Your email address will not be published.