पश्चिम नवलपरासीमा भदौ ६ सम्म निषेधाज्ञा
जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थास्थ्य सुरक्षाको अवस्थालाई ध्यान दिँदै साउन ३१ गते राति १२ बजेदेखि नवलपरासी पश्चिममा निषेधाज्ञा लगाइएको छ।
उक्त निषेधाज्ञा भदौ ६ गते राति १२ वजे सम्मका लागि कायम रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
शुक्रवार एक प्रेस विज्ञप्ती निकालेर जिल्ला प्रशासनले सर्वसाधारणमा जानकारी गराएको हो।
निषेधाज्ञ लागु गरिएको एक हप्ताको अवधी भित्र मानिसहरु विचमा जमघट, भेला, जुलुस, सभा, समिक्षा, गोष्ठीजस्ता मानिस जम्मा हुने प्रकारका कुनै पनि काम गर्न नपाउने बताईएको छ ।
यस अवधिमा धार्मिक स्थलमा पनि दैनिक नित्य हुने पूजाबाहेकका कुनै पनि प्रकारका जमघट हुने काम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय नवलपरासीले निकालेको विज्ञप्तिमा उल्लेख छ।