एक करोड हिनामिना आरोपमा असइ पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एकजना सहायक निरीक्षक (असइ) लाई पक्राउ गरेको छ।
प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत असइ दिलीप कार्की पक्राउ परेका हुन्।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा १ करोड ८ लाख ९९ हजार १ सय रुपैयाँ हिनामिना आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
उनले आव २०७४/०७५ र ०७५/०७६ को रकम हिनामिना गरेको आरोप छ।