तीनजना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

तीनजना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना इन्जिनियर/सवइन्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।

अख्तियारले लमजुङको मर्स्याङदी गाँउपालिकाका इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सवइन्जिनियर टीकाप्रसाद गुरुङ तथा कैलालीको चुरे गाउँपालिकाका सवइन्जिनियर चन्द्रदेव भट्टविरुद्ध मुद्दा चलाएको हो। 

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार लमजुङमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) मा कार्यरत मण्डल र  गुरुङ चार लाख घुससहित पक्राउ परेका थिए।

उनीहरूले लाभग्राहीसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा आठजनाबाट जनही ५० हजारका दरले घुस लिएका थिए।   

त्यस्तै, चुरे गाउँपालिका घरखेडाका सवइन्जिनियर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि इस्टिमेट नापजाँच तथा मूल्यांकनबापत २० हजार रुपैयाँ घुस लिएका थिए। 


Leave a Reply

Your email address will not be published.